गौरीघाटमा छठपूजाका लागि तयारी अन्तिम चरणमा, तस्बिरहरु हेर्नुहोस्
अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । राजधानीको गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट मनाउने काम धमाधम भइरहेको हो ।
राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको छ । समितिले करिब ९० प्रतिशत काम सम्पन्न भएको र सबै तयारी पूरा गरेर धुमधामका साथ छठ मनाउने गरी तयारी भइरहेको जनाएको छ । यसवर्षको छठअन्तरगत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तिथि रहेको छ ।
सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचीनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण