सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिनासँग सलमान खानको ‘टिप टिप बरसा पानी’ मा डान्स

शुक्रबार, ११ कात्तिक २०७९, १२ : २०
शुक्रबार, ११ कात्तिक २०७९

टिभी रियालिटी शो ‘बिग बोस’ को सिजन १६ को चर्चा बढ्दो छ । हरेक एपिसोड नयाँ कारणले शोको चर्चा हुने गरेको छ । शोमा सेलिब्रेटी समेत एक अर्काेसँग झगडामा उत्रिने गरेका छन् । अबको एपिसोडमा अभिनेत्री कट्रीना कैफ समेत देखिने भएकी छन् । शो ‘विकेण्ड का वार’ मा बलिउडकी हट अभिनेत्री कट्रिना होस्ट सलमान खानका साथ दमदार नृत्यका साथ देखिने भएकी हुन् । 

कट्रिना पछिल्लो समय फिल्म ‘मेरी क्रिसमस’ मा व्यस्त छिन् । उनी ‘बिग बोस’ मा यही फिल्मको प्रचार गर्दै देखिने छिन् । निर्माताले शोको आगामी एपिसोडको प्रोमो सामाजिक सञ्जालमा सेयर गरेका छन् । जसमा कट्रिना र सलमानको नृत्य समेत रहेको छ ।

भिडियोमा कट्रिनाले सलमान खानलाई गीत ‘टिप टिप बरसा पानी’ मा डान्स सिकाएको देख्न सकिन्छ । सलमानले खान पनि अभिनेत्रीलाई पूर्ण रूपमा पछ्याउने प्रयास गरेका छन् । कट्रिना पहेंलो फुल स्लिभ बडीकन ड्रेसमा निकै हट देखिएकी छिन् । सार्वजनिक प्रोमो दर्शकले निकै रुचाएका छन् । –अमर उजाला 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप