कट्रिनासँग सलमान खानको ‘टिप टिप बरसा पानी’ मा डान्स
टिभी रियालिटी शो ‘बिग बोस’ को सिजन १६ को चर्चा बढ्दो छ । हरेक एपिसोड नयाँ कारणले शोको चर्चा हुने गरेको छ । शोमा सेलिब्रेटी समेत एक अर्काेसँग झगडामा उत्रिने गरेका छन् । अबको एपिसोडमा अभिनेत्री कट्रीना कैफ समेत देखिने भएकी छन् । शो ‘विकेण्ड का वार’ मा बलिउडकी हट अभिनेत्री कट्रिना होस्ट सलमान खानका साथ दमदार नृत्यका साथ देखिने भएकी हुन् ।
कट्रिना पछिल्लो समय फिल्म ‘मेरी क्रिसमस’ मा व्यस्त छिन् । उनी ‘बिग बोस’ मा यही फिल्मको प्रचार गर्दै देखिने छिन् । निर्माताले शोको आगामी एपिसोडको प्रोमो सामाजिक सञ्जालमा सेयर गरेका छन् । जसमा कट्रिना र सलमानको नृत्य समेत रहेको छ ।
भिडियोमा कट्रिनाले सलमान खानलाई गीत ‘टिप टिप बरसा पानी’ मा डान्स सिकाएको देख्न सकिन्छ । सलमानले खान पनि अभिनेत्रीलाई पूर्ण रूपमा पछ्याउने प्रयास गरेका छन् । कट्रिना पहेंलो फुल स्लिभ बडीकन ड्रेसमा निकै हट देखिएकी छिन् । सार्वजनिक प्रोमो दर्शकले निकै रुचाएका छन् । –अमर उजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण