मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा सदभाव र्‍याली निकाल्ने तयारीमा राजनीतिक दल

शुक्रबार, ११ कात्तिक २०७९, १४ : ४९
शुक्रबार, ११ कात्तिक २०७९

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिको पररियामा राजनीतिक दलले सदभाव र्याली निकाल्ने भएको छ । दुई पक्षबीच भएको धार्मिक हिंसालाई मिलाउन राजनीतिक दलले सो क्षेत्रमा सदभाव  र्याली निकाल्ने तयारी गरेको हो । लोहारपट्टी नगरपालिकाका नगरप्रमुख एवम् नेपाली कांग्रेसका नेता शैलेन्द्र यादवले सो क्षेत्रमा भंगहा र लोहापट्टीका नगरपालिका राजनीतिक दलका नेताहरु मिलेर सदभाव  र्याली निकालिने तयारी भएको जनाएका छन् ।

प्रमुख यादवका अनुसार बिहान दुई पक्ष बीचको झडप कसरी साम्य पार्ने विषयमा दुई पक्षका व्यक्तिबीच छलफल भएको बताए । त्यसलगतै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक समेत बसेको थियो । उक्त विषयमा सदभाव  र्याली निकाल्ने र विवाद समाधान गर्न राजनीतिक दलले पहल गर्ने अनौपचारिक छलफल भएको थियो ।

उनका अनुसार यो धार्मिक विषय भएको कारणले बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले यसलाई  ‘सिरियस’ लिएका छन्। ‘चाडवाडको बेला यो विवादलाई जसरी पनि साम्य पार्ने पक्षमा हामी छौं, छलफल समेत सकारात्मक भएको हो, सम्भवतः आजै हामीले सदभाव र्याली निकाल्छौ’ उनले भने  ‘र्यालीपछि यो विवादको ठोस सामाधान निकाली जारी कर्फ्यु पनि आजै खोल्न प्रशासनसँग समेत आग्रह गर्छौ ।’

आज मुस्लिम समुदायको जुम्मा र हिन्दु समुदायको छठ सुरु भएको हुनाले सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले हिजो दिउँसो ३ बजेबाट जारी गरेका कर्फ्यु सहज आज भने सहज बनाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको एक अधिकारीका अनुसार सो क्षेत्रमा स्थानीयका लागि कर्फ्यु केहि खुकुलो बनाइएको छ भने बाहिरका मान्छे आउजाउ गर्न पूर्ण रुपमा रोक लगाएको बताए ।

हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहिबार दिउँसो ३ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले भंगहा नगरपालिको पररियामा हिन्दु पुजन स्थलमा छठको अवसरमा र्याली निकालेको थियो । पूर्व निर्धारित कार्यक्रम सो क्षेत्रको परिक्रमा गर्ने क्रममो र्याली मस्जिद नजिकै पुगेपछि मुस्मिल समुदायका व्यक्तिले एकपक्षीय ढुंगामुढा गरेको आरोप संगठनको छ ।

लगतै सुरु भएको दोहोरो झडपपछि  हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । सोहि झडपमा परि हिन्दु सम्राट सेनाको संयोजक राजेश कुमार यादवसहित दर्जनौ व्यक्ति घाइते भएका थिए । उपचारमा रहेको सबै स्थित सामान्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप