म चुनावी अभियानमै छु, उम्मेदवारी फिर्ता गर्ने कुनै सहमति भएको छैन : बम
सत्ता गठबन्धनले शुक्रबार प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कर्णालीमा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका चार उम्मेदवारमध्ये कालिकोटका विश्वराज बमको विषयमा सहमति भएको र ३ ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ ।
सार्वजनिक विवरण अनुसार सुर्खेत क्षेत्र नम्बर २ (क) र (ख), हुम्ला (१) मा छलफल जारी भनिएको छ । कालिकोट (ख) मा भने समाजवादीका जिल्ला अध्यक्ष बमको नाम उल्लेख गरिएको छैन ।
यद्यपि बमले आफ्नो उम्मेदवारीबारे कुनै छलफल नभएको बताए । बमले आफ्नो उम्मेदवारी कुनै हालतमा पनि फिर्ता नहुने दाबी गरे । ‘म नेट (फेसबुक) नचल्ने ठाउँ बाजुराको सिमानामा नागरिकसँग चुनावी अभियानमा छु, मलाई जिल्लाबाट एक जना साथीले पनि फोन गरेर उम्मेदवारी फिर्ता हुने सहमति भएको हो ? भनेर सोध्नुभयो,’ रातोपाटीसँग कुरा गर्दै उनले भने । त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
बमले आफूले पार्टीकै निर्णयका आधारमा पार्टीकै चिन्हबाट उम्मेदवारी दर्ता गराएको स्पष्ट गरे । चुनावी अभियानमै व्यस्त भएकाले ६ गते वीरेन्द्रनगरमा आयोजित गठबन्धनको भेलामा समेत सहभागी हुन नसकेको उनले बताए ।
उनले भने, ‘आफ्नो क्षेत्र अन्तर्गत पर्ने ४ वटा पालिकाहरुमा चुनावी अभियान सम्पन्न गरिसकें । रातदिन खटिरहेको छु र सबैको उत्साह माया पाइरहेको छु ।’
बमले बागी उम्मेदवारी दिएको क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका हिक्मत बहादुर विष्ट उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण