महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन् । उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण