शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली तर्न डुंगाकै भर

शनिबार, १२ कात्तिक २०७९, ०६ : १६
शनिबार, १२ कात्तिक २०७९

अधिकांश टीकापुरबासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ ।  सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् ।

कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ । टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो ।  

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेति लगाउनसम्म दिनमै तीन-चार पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन् ।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो । टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन् । दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन् । कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना समेत हुने गरेको छ ।  स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुलको माग गर्दै आएका छन् । उनीहरुले संघर्ष समिति समेत गठन गरेका थिए । समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाए पनि सम्बोधन हुन नसकेको बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप