मस्कको नयाँ घोषणा ट्रम्पका लागि निराशाजनक ?
ट्वीटरका नयाँ मालिक एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्मले तत्कालै ट्विटरको कन्टेन्ट मोडरेसन नीतिमा तत्कालका लागि कुनै परिवर्तन नहुने बताउँदै पहिले प्रतिबन्धित गरिएका खाताको प्रतिबन्ध हटाउने अनुमान अन्त्य गरेका छन्।
मस्कले आफ्नो ट्वीटर ह्यान्डलबाट केही घण्टाअघि गरेका ट्वीटमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई स्पष्ट गर्न दिनुहोस् कि हामीले ट्विटरको कन्टेन्ट मोडरेसन नीतिहरूमा अहिलेसम्म कुनै परिवर्तन गरेका छैनौं।"
अर्को ट्वीटमा उनले कन्टेन्ट मोडरेसन काउन्सिल गठनको घोषणा गरेका थिए । उनले यसमा लेखेका छन्, ‘ट्विटरले फराकिलो र विविध परिप्रेक्ष्यमा विचार गर्न कन्टेन्ट मोडरेसन काउन्सिल स्थापना गर्नेछ। काउन्सिल बैठक अघि कन्टेन्टमा कुनै ठूलो निर्णय हुनेछैन, न त कुनै खाता पुनर्स्थापित हुनेछ।
इलोन मस्कले ट्विटर किनेपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको ट्विटर एकाउन्ट रिस्टोर हुने अनुमान गरिएको थियो । भारतकी चर्चित अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट पनि सस्पेन्ड गरिएको छ । कंगनाका समर्थकहरूले पनि एलोन मस्कमाथिको प्रतिबन्ध हटाउन माग गरिरहेका थिए। तर मस्कको हालैको घोषणाले दुवैलाई निराश पार्न सक्छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण