भारतले लम्ब्यायो चिनीको निर्यात प्रतिबन्ध
शनिबार, १२ कात्तिक २०७९, १२ : ०३
भारत सरकारले चिनीको निर्यात प्रतिबन्ध थप १ वर्षलाई लम्ब्याएको छ । विगत ३ महिनादेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएको भारतले थप एक वर्षसम्म प्रतिबन्ध लम्ब्याएको हो ।
भारतको नियामक निकायले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै चिनीको निर्यात अक्टोबर, २०२३ सम्म लम्ब्याउने जानकारी दिएको छ । भारत सरकारले विश्वभर चिनीको अत्यधिक माग भएसँगै निर्यात उच्च बिन्दुमा पुगेको र मूल्य बढेको भन्दै निर्यात रोकेको थियो ।
पछिल्लो समय भारतले विभिन्न वस्तुको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारतले चिनीसँगै चामल र गहुँ लगायत वस्तुको समेत निर्यात रोकेको छ । खास गरी, रुस–युक्रेन युद्ध सुरु भएसँगै विश्व बजार प्रभावित बनेको जनाउँदै भारतले निर्यात प्रतिबन्ध लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण