शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले लम्ब्यायो चिनीको निर्यात प्रतिबन्ध

शनिबार, १२ कात्तिक २०७९, १२ : ०३
शनिबार, १२ कात्तिक २०७९

भारत सरकारले चिनीको निर्यात प्रतिबन्ध थप १ वर्षलाई लम्ब्याएको छ । विगत ३ महिनादेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएको भारतले थप एक वर्षसम्म प्रतिबन्ध लम्ब्याएको हो ।

भारतको नियामक निकायले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै चिनीको निर्यात अक्टोबर, २०२३ सम्म लम्ब्याउने जानकारी दिएको छ । भारत सरकारले विश्वभर चिनीको अत्यधिक माग भएसँगै निर्यात उच्च बिन्दुमा पुगेको र मूल्य बढेको भन्दै निर्यात रोकेको थियो ।

पछिल्लो समय भारतले विभिन्न वस्तुको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारतले चिनीसँगै चामल र गहुँ लगायत वस्तुको समेत निर्यात रोकेको छ । खास गरी, रुस–युक्रेन युद्ध सुरु भएसँगै विश्व बजार प्रभावित बनेको जनाउँदै भारतले निर्यात प्रतिबन्ध लगाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप