नेपाली नक्कली नोटसहित एकजना पक्राउ
शनिबार, १२ कात्तिक २०७९, १७ : ४८
रौतहटको गौरबाट नेपाली नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलियाका जयप्रकाश साह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिरबहादुर ठाडामगरले बताए ।
शनिवार दिउसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो । उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको एसपी ठाडामगरले जानकारी दिएका छन् ।
साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साह गौर बजारमा ठेला व्यवसाय गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण