एमाले पर्सामा विद्रोह : सयौँले पार्टी परित्याग गरी स्वतन्त्रलाई सघाउने (विज्ञप्तिसहित)
नेकपा एमाले पर्साका सयौँ नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । जसपासँगको गठबन्धनबाट असन्तुष्ट रहेका उनीहरूले पार्टीको नेतृत्व पार्टीको मूल मर्म विपरीत गएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज बाबुराम कौशिकको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा इमानदार तथा जनभावना बुझेका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार जिताऊ अभियान सञ्चालन समेत गर्ने भएका छन् ।
बैठकमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसूल, मधेस प्रदेश कमिटी सदस्य इस्लाम मिया हवारी, जोगिन्दर साह, जिल्ला कमिटी सदस्य सन्तोष कुमार श्रेष्ठलगायत उपस्थित रहेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘हामी नेकपा एमाले पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरू भेला भई बैठक बसी देशका विद्यमान परिस्थितिलाई छलफल तथा अध्ययन गर्दा नेपाली जनताको गौरवपूर्ण त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आज राजनीतिक नेताहरूका गलत गतिविधि र अपवित्र ज.स.पा सँगको गठबन्धनले गर्दा दूषित मात्र भएको छैन सिङ्गो देश नै अस्थिरताको भुमरीमा फस्दै गएको छ । यस विडम्बनापूर्ण अवस्थामा सुधार गर्न तथा देशमा सुशासन,स्थिरता, विकास र समृद्धिका लागी आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा जनताको मम बुझेका इमान्दार र कर्मठ उम्मेदवारको चयन गर्नुपर्नेमा हामी आबद्ध नेकपा एमाले पार्टीका नेतृत्व जनहित तथा जनउत्तरदायी नभई जनभावना तथा पार्टीको मूल मर्म विपरीत गएकोले हामी बाध्य भई नेकपा एमाले पार्टी आजैकै मिति देखि पार्टी परित्याग गरेको घोषणा यस विज्ञप्ति मार्फत गर्दछौँ ।’














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण