पाकिस्तानको पहिलो जित
अष्टे«लियमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।
पर्थमा नेदरल्यान्ड्सले दिएको ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै ९५ रन बनायो । पाकिस्तानका लागि मोहम्द रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै फकर जमानले २० रन बनाउँदा सान मक्सोदले १२ रन जोडे ।
नेदरल्यान्ड्सका लागि बर्नान्डो लोभरले दुई विकेट लिँदा पाउल भान मेकरनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिनले सर्वाधिक २७ रन बनाउँदा स्कोट एर्डोसले १५ रन बनाउँदा नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि साहाब खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमद स्वामीले दुई विकेट लिए । पहिलो जितसँगै पाकिस्तानले तीन खेलबाट २ अंक जोडेको छ । पाकिस्तानको सेमिफाइनल सम्भावना जिवित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण