सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा दुई सातापछि अवरुद्ध विद्युत् सेवा सञ्चालन

आइतबार, १३ कात्तिक २०७९, १९ : ५३
आइतबार, १३ कात्तिक २०७९

अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो । 

बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए । पहिराले कर्णाली राजमार्ग बन्द हुनुका साथै विद्युत् सेवासमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल ढलेका थिए । बिजुलीको तार लथालिङ्ग अवस्थामा थिए । जसकारण विद्युत् आपूर्ति हुन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले भने, “निरन्तरको कामले बिजुली बाल्न सफल भएका छौँ । ढिलै भएपनि प्राधिकरणको बत्ती बलेको उपभोक्ता खुसी छन् । क्षति भएको स्थानमा मर्मत सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ ।” बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाइँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप