शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

सोमबार, १४ कात्तिक २०७९, ११ : १२
सोमबार, १४ कात्तिक २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

तिहार अघिदेखि सुनचाँदीको कारोबार बन्द भएको थियो । जुन, हिजो आइतबार तोलामा १ हजार रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप