छठ मेलामा बालकको चक्कु प्रहार गरी हत्या, ५ जना पक्राउ

झापाका एक १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा ५ जना किशोरहरु पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आयोजित छठ मेलामा झापा दमक नगरपालिका–१० बस्ने दियुस श्रेष्ठमाथि आइतबार चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते बनेका श्रेष्ठलाई स्थानीय गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको थियो ।
श्रेष्ठको मृत्युपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा मोरङ उर्लाबारीका १७ वर्षीय सरोज बस्नेत, १७ वर्षीय सन्देश खवास, १६ वर्षीय सपन खत्री, १६ वर्षीय मञ्जिल माझी र १७ वर्षीय विकास तामाङलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार पूर्व रिसिईबीका कारण चक्कु प्रहार भएको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?