छठ मेलामा बालकको चक्कु प्रहार गरी हत्या, ५ जना पक्राउ
झापाका एक १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा ५ जना किशोरहरु पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आयोजित छठ मेलामा झापा दमक नगरपालिका–१० बस्ने दियुस श्रेष्ठमाथि आइतबार चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते बनेका श्रेष्ठलाई स्थानीय गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल विर्तामोड लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको थियो ।
श्रेष्ठको मृत्युपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा मोरङ उर्लाबारीका १७ वर्षीय सरोज बस्नेत, १७ वर्षीय सन्देश खवास, १६ वर्षीय सपन खत्री, १६ वर्षीय मञ्जिल माझी र १७ वर्षीय विकास तामाङलाई घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार पूर्व रिसिईबीका कारण चक्कु प्रहार भएको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण