नेकपा एसको घोषणापत्र– के छ कृषि समेट्ने योजना ?
नेकपा समाजवादी पार्टी (एस) ले प्रतिनिधिसभा र प्रदेशसभाको घोषणापत्र सार्वजनिक गरेको छ । एसले आगामी मंसिर ५ गते हुने २ निर्वाचनलाई लक्षित गर्दै आज घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लेखिएको छ, ‘किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर ने हो । कृषि पूवर्वाधारमा ठुलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा कृषि यन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा हाम्रो जोड रहने छ ।’
‘सम्पूर्ण कृषिभूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरी माटो अनुकूल एउटे बाली उत्पादनमा जोड रहने छ’ घोषणापत्रमा लेखिएको छ, ‘फलफूल, तरकारी, खाद्यान्न, पशुपालन नमुना गाउँहरू स्थापना एवं कृषि फार्महरूमा व्यापक रूपमा डेरी, पोल्ट्री, पशुपंक्षी, मौरी, माछापालन, खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादनमा जोड दिइनेछ ।’
यस्तै,समाजवादीले कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको विकासका लागि आवश्यक सङ्ख्यामा प्रयोगशाला स्थापना गर्ने र अनुसन्धानका कार्यक्रमहरू अगि बढाइने समेत उल्लेख गरेको छ । किसानलाई जेविक तथा स्थानीय रेथाने कृषि उत्पादनको प्रणाली (अर्गानिक उत्पादन) तर्फ प्रोत्साहित गर्ने, समग्र देशलाई अर्गानिक कृषि उत्पादनतर्फ अग्रसर गराउन पहल गरिने समेत समाजवादीले घोषणा गरेको छ ।
रासायनिक मलप्रतिको निर्भरता हटाउँदे प्राकृतिक–जेविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्र उत्पादन गर्नका लागि देशमा मल कारखाना स्थापनामा जोड दिइने समाजवादीले उल्लेख गरेको छ । ‘समग्र कृषि उत्पादन प्राङ्गारिक मलमा आधारित गराउँदै लाने र रासायनिक किटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गर्ने नीति लिइनेछ’ घोषणापत्रमा लेखिएको छ ।
हरेक स्थानीय तहका कृषि उत्पादन क्षेत्रमा सरकारी तथा सरकारबाट मान्यता प्राप्त कृषि तालिम केन्द्रका साथे कृषि बजार, कृषि प्रसार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्रको स्थापना र कृषि विज्ञ तथा आवश्यक प्राविधिक जनशक्ति विकास गर्न व्यवसायिक तथा प्राविधिक स्कुल, कलेज तथा तालिम केन्द्रहरू स्थापनामा जोड दिने समाजवादीको भनाइ छ ।
‘जनताको लागि खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको प्रत्याभूति गर्ने, दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दुधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुयाइने नीति लिइनेछ,’ घोषणापत्रमा लेखिएको छ । युवा तथा महिला कृषकहरूलाई आधारभूत आधुनिक कृषि शिक्षा, व्यवसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह, शैक्षिक प्रमाणपत्र धितो राखेर सुलभ र सहुलियत कर्जाको व्यवस्था गरेर कृषि उत्पादन वृद्धि र रोजगारी सृजनामा जोड दिइने समेत घोषणापत्रमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण