आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमले माग्यो माफी

सोमबार, १४ कात्तिक २०७९, १७ : १४
सोमबार, १४ कात्तिक २०७९

नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं उडान रद्दबारे माफी मागेको छ । सोमबार निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै विशेष कारणवस उडान रद्द हुनपुगेको बताउँदै सो बाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति दुख व्यक्तसहित क्षमा याचना माग गरेकी हुन् । 

आइतबार अर्थात् ३० अक्टोबर २०२२ को निगमको काठमाडौं–दिल्ली–काठमाडौैंको उडान आरए–२१७/२१८ उडान र सोमबार ३१ अक्टोबरको आरए–२०५/२०६ उडान विशेष कारणवस रद्द भएको थियो । योसगै नागरिक उड्ययन प्राधिकरणले सोमबार निगमसँग स्पष्टीकरण माग गरेको थियो । निगमले यस्तो गल्ती अब नहुनेमा सचेत रहेको समेत सोही विज्ञप्तिमार्फत प्रतिवद्धता जाहेर गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप