अब एमालेले पाँच वर्ष गृहकार्य गर्छ : खनाल
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणि खनाल (बलदेव)ले चुनावपछि एमालेले ५ वर्षको लागि गृहकार्य (होमवर्क) पाउने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट क्षेत्र नम्बर १ मा साझा उम्मेदवार रहेका खनालले आफ्नै गल्तीको कारण ५ वर्ष करेक्सन हुने ‘होमवर्क’ एमालेले पाउने दाबी गरेका हुन् ।
चुनाव प्रचारप्रसारको क्रममा कपिलवस्तु नगरपालिकाका विभिन्न वडामा घरदैलो गर्ने क्रममा खनालले भने, ‘अब ५ वर्षको लागि एमालेले राम्रै होमवर्क पाउने छ, एमाले पार्टी आफैमा नराम्रो होइन, केपी ओलीका कारण धुजाधुजा भइसकेको छ, अहिलेको चुनावले पनि त्यो कुरा देखाउने छ, हामीले नभई जनताले नै ओली नेतृत्वको एमालेलाई ५ वर्ष विश्राम गर्न अवसर दिनेछन् ।’
ओली तानासाह भएको उनको भनाई छ । उनले भने, ‘एमालेभित्र ठुलो लडाई र किचलो अहिले पनि छ, भीम रावल र घनश्याम भुसालजस्तालाई ओलीले पाखा लगाइसके, माधव र झलनाथजीले पार्टी खोलेपछि ओलीसँग नजर जुधाउने कोही छैन ।’ मंसिर ४ पछि एमाले सदनमा कमजोर हुने उनकोे तर्क छ । कापिलवस्तु जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्ने उनको दाबी छ ।
माओवादी केन्द्रका सचिव तथा पूर्व मन्त्रीसमेत रहेका खनालले तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई हस्तक्षेप नगरेको भए धेरै हदमा नेपाललगायत कपिलवस्तुको कृषि क्षेत्रमा प्रगति भइसकेको हुने बताए । घरदैलोमा क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार डोलकराम घिमिरे, वाम–लोकतान्त्रिक गठबन्धनका केन्द्रीय प्रचारप्रसार सदस्य आशिष शर्मालगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण