पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
मङ्गलबार, ३० असार २०८३, २० : ५२
सारांश
- काठमाडौँ जिल्ला अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
- पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
- गृहसचिव पदमा रहँदा शरणार्थी प्रकरणको गिरोहलाई सघाएको र नक्कली शरणार्थी सूची तयार पार्न भूमिका खेलेको अभियोगमा उनी दोषी पाइएका हुन्।
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय स्वरूप ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
गृह मन्त्रालयको सचिव पदमा बहाल रहेकै बेला शरणार्थी प्रकरणको गिरोहलाई सघाएको अभियोगमा उनी दोषी ठहरिएका हुन्। सरकारी प्रतिवेदन र कागजातमा अनधिकृत रूपमा हेरफेर गरी नक्कली भुटानी शरणार्थीको सूची तयार पार्न भूमिका खेलेको उनीमाथि अभियोग थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण