घरदैलोमा पूर्व मन्त्री मगर, सीमा र भन्सारको समस्या समाधान गर्ने प्रतिवद्धता
पूर्व खानेपानी मन्त्री बिना मगरले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो गृह जिल्ला कन्चनपुर-१ अन्तर्गत बेलौरी नगरपालिका वडा नं. ३, ४ र ६ मा सोमबार घर दैलो कार्यक्रम गरेकी छिन् ।
आगामी मङसिर ४ गते हुन लागेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कन्चनपुर क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री मगर साझा उम्मेदवार रहेकी छिन् । मगरसहित प्रदेश सभा सदस्य १ (क) बाट बन्धु राना र प्रदेश सभा सदस्य १ (ख) बाट दिवान सिंह विष्टलगायतका उम्मेदवारहरू घर दैलो अभियानमा जुटेका छन । राना र विष्ट नेपाली कांग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि प्रत्यक्षमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभामा दीपा चौधरी र प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ प्रेम सिंह बोहोरा र राम बहादुर देवकरको नाम छ । बोहोरा खस आर्य र देवकर दलित समुदायको कोटामा समानुपातिक सूचीमा छन् । चुनावी घर दैलो कार्यक्रममा पूर्व मन्त्री मगरसहित सबै उम्मेदवारहरु सक्रिय रुपले लागिरहेका छन ।
नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत रहनु भएका मगर यसअघि २०७४ सालको चुनावमा पनि यहीँ क्षेत्रबाट विजयी भएकी थिइन्।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगरले कन्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत बेलौरी, पुनर्वासनगरपालिका, लाल झाडी र बेलडाडीको समग्र विकास जस्तै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने बताएकी छिन् ।
कन्चनपुर स्थित नेपाल र भारत बीच रहेको सीमा र भन्सारको समस्या समाधानमा आफूहरूले महत्वपूर्ण भूमिका खेल्ने र कन्चनपुरबासीहरुको वर्षौ देखिको समस्या हल गर्ने कार्यक्रममा उनले प्रतिबद्धता जनाएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण