एकीकृत समाजवादीले सच्यायो मासिक २ सय युनिट विद्युत निःशुल्क दिने घोषणापत्र
नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ ।
सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका हुन् । पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे– प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’
उनले त्यसको प्रमाण स्थानीय चुनावका लागी लेखिएको घोषणापत्र साक्षी रहेको भन्दै सबैलाई सोही अनुसार बुझिदिनु हुन अनुरोधसहित प्रुफ गल्तीका लागि क्षमा मागेका छन् ।
नेकपा एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्थाका साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने सोमबार सार्वजनिक घोषणापत्रमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण