समानुपातिक तर्फका मतपत्र सबै जिल्लामा पुग्यो
निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले बताए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्न लागिएको छ ।
आयोगले छिट्टै जिल्ला निर्वाचन कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम कार्यक्रम पनि सुरु गर्न लागेको छ । तालिमपछि निर्वाचन अधिकृतलाई मतदान सामग्रीहरु बुझाएर मतदान केन्द्रमा पठाउने काम हुनेछ ।
बिस्तारै निर्वाचनको चाप केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयमा सरेको सहप्रवक्ता अर्यालले बताए । मतपत्र रुजु गर्ने, मतदान केन्द्र अनुसार मतपत्र भाग लगाउने र त्यसलाई लाहछाप लगाएर सिलबन्दी गरेर राख्ने काम सुरु हुँदैछ ।
कार्तिक १८ गतेदेखि औपचारिक रुपमा निर्वाचन प्रचार प्रसारको काम सुरु हुने त्यसपछि आयोगले आचार संहिता उल्लंघनका घटनाको पनि अनुगमन गर्ने तयारी गरेको छ । यसका लागि निर्वाचन अधिकृतको कार्यालय, जिल्ला स्थित आचार संहिता अनुगमन संयन्त्र र आयोगले केन्द्रबाट पनि आचार संहिता पालनाको अवस्थाको अनुगमन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण