जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक
मङ्गलबार, १५ कात्तिक २०७९, १९ : ०८
जुम्लामा ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो ।
शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले जानकारी दिइन् । उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भीडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ । ४ मङ्सिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार मतपेटिका पनि ल्याइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण