बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सलमानलाई वाई प्लस सुरक्षा

बुधबार, १६ कात्तिक २०७९, ११ : ५३
बुधबार, १६ कात्तिक २०७९

बलिउड अभिनेता सलमान खानलाई वाई प्लस सुरक्षा दिइने भएको छ । लामो समयदेखि ज्यान मार्ने धम्कि पाइरहेको सलमानलाई मुम्बई प्रहरीले यो सुरक्षा दिन लागेको हो ।

वाई प्लस सुरक्षामा २ कमाण्डो र २ पीएसओ र अन्य प्रहरी गरेर ११ जना रहनेछन् । जो सलमानको सुरक्षाका लागि सधैं साथमा रहनेछन् । सलमानलाई पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या गरेको आरोप लागेको गिरोहबाट धम्की आउने गरेको छ । 

भारत सरकारले सलमानसँगै अक्षय कुमार र अनुपम खेरको सुरक्षा पनि बढाएको छ । उनीहरुले एक्स श्रेणीको सुरक्षा पाएका छन् ।
दैनिक भाष्कर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप