मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्यालको टोकाइबाट मुसिकोटमा ९ जना घाइते

बुधबार, १६ कात्तिक २०७९, १६ : ३७
बुधबार, १६ कात्तिक २०७९

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । 

घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहोरा, दीपा बोहोरा, उर्मिला बोहोरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट–१० का भूपेन्द्र बुढा छन् ।

घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए। स्यालले मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजालगायत ठाउँमा स्यालको बिगबिगी बढेको छ । स्यालले घरमै बसेका तथा बाटोमा हिंड्नेलाई समेत टोकिरहेको छ ।

घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत ल्याइएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई रेबिज विरुद्धको खोप दिएको छ । उक्त स्याललाई नियन्त्रणमा लिन सकिएको छैन । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप