मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको सम्बोधन, के–के भनिन् ? (भिडियोसहित)

बुधबार, १६ कात्तिक २०७९, २२ : ५५
बुधबार, १६ कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीले सबै पेसा त्यागेर आफू राजनीतिमा आएको बताएकी छन् । देशमा केही गर्नका लागि आफू राजनीतिमा आएको उल्लेख गर्दै कार्कीले देशमा परिवर्तन ल्याउन युवाको आवश्यकता रहेको बताइन् । 

उम्मेदवारी कायम भएपछि बुधबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफू शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डासहित चुनावी मैदानमा आएको बताइन् । उनले देशमा नेताहरू भएपनि इमानदारिता नभएको उल्लेख गर्दै भएका नीतिहरूमा थिति बसाल्न र सुशासन तथा समृद्धिको आवश्यकता रहेको बताइन् । 

यसअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपनि सर्वोच्च अदालतले आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । लाभको पदमा हुँदाहुँदै चुनावी मैदानमा खडा भएको विवादमा आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप