उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको सम्बोधन, के–के भनिन् ? (भिडियोसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीले सबै पेसा त्यागेर आफू राजनीतिमा आएको बताएकी छन् । देशमा केही गर्नका लागि आफू राजनीतिमा आएको उल्लेख गर्दै कार्कीले देशमा परिवर्तन ल्याउन युवाको आवश्यकता रहेको बताइन् ।
उम्मेदवारी कायम भएपछि बुधबार ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफू शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डासहित चुनावी मैदानमा आएको बताइन् । उनले देशमा नेताहरू भएपनि इमानदारिता नभएको उल्लेख गर्दै भएका नीतिहरूमा थिति बसाल्न र सुशासन तथा समृद्धिको आवश्यकता रहेको बताइन् ।
यसअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपनि सर्वोच्च अदालतले आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । लाभको पदमा हुँदाहुँदै चुनावी मैदानमा खडा भएको विवादमा आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण