प्रचण्डको मनोनयनमा बाजा बजाएको वा नबजाएकोबारे अध्ययन गरी प्रतिवेदन दिन ३ दिनको समय
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ३ दिनको समय दिएको छ । ३ दिनभित्र अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको गोरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए ।
शर्माले भने–‘आयोगको सो बारेको पत्र प्राप्त भइसकेको छ । हामीले अध्ययन सुरु गरिसकेका छौँ । सत्य तथ्य बुझी पछिसम्म फरक नपर्ने गर्नु भनेर पत्र प्राप्त भएको छ । मनोनयनका दिन कुरा के भएको रहेछ हामी बुझ्न लागेका छौँ । अध्ययन गरेर प्राप्त भएको विषय केन्द्रमा पठाउँछौँ ।’
आयोगले सो बारेमा प्रचण्डलाई यसअघि स्पष्टीकरण सोधेपनि उनले ‘कहाँ कसले बाजा बजायो आफूलाई थाहा नभएको’ भन्ने जवाफ दिएका थिए । सो जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले मनोनयनका दिन बाजा बजेको हो कि हैन त्यसबारे बुझ्नका लागि गोरखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुसन्धान गर्न जिम्मा दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण