शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको मनोनयनमा बाजा बजाएको वा नबजाएकोबारे अध्ययन गरी प्रतिवेदन दिन ३ दिनको समय

बिहीबार, १७ कात्तिक २०७९, ११ : १०
बिहीबार, १७ कात्तिक २०७९

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ३ दिनको समय दिएको छ । ३ दिनभित्र अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको गोरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए । 

शर्माले भने–‘आयोगको सो बारेको पत्र प्राप्त भइसकेको छ । हामीले अध्ययन सुरु गरिसकेका छौँ । सत्य तथ्य बुझी पछिसम्म फरक नपर्ने गर्नु भनेर पत्र प्राप्त भएको छ । मनोनयनका दिन कुरा के भएको रहेछ हामी बुझ्न लागेका छौँ । अध्ययन गरेर प्राप्त भएको विषय केन्द्रमा पठाउँछौँ ।’

आयोगले सो बारेमा प्रचण्डलाई यसअघि स्पष्टीकरण सोधेपनि उनले ‘कहाँ कसले बाजा बजायो आफूलाई थाहा नभएको’ भन्ने जवाफ दिएका थिए । सो जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले मनोनयनका दिन बाजा बजेको हो कि हैन त्यसबारे बुझ्नका लागि गोरखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुसन्धान गर्न जिम्मा दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप