जुम्लामा आइपुग्यो मतपत्र
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ । सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए ।
नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए । गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।
काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिकोप्टरमार्फत जुम्लामा मतपत्र पुगेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो । यसपटक कर्णाली राजमार्गको सडक साँघुरो भएकाले हेलिकोप्टरमा ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षितसाथ राखिएको छ ।
बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै आइपुगेको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (१) का लागि ४२ हजार तथा प्रदेशसभा (२) का लागि ३६ हजार मतपत्र र प्रतिनिधिसभाको सामानुपातिकतर्फ कर्मचारी र सुरक्षाकर्मीका लागि एक हजार मतपत्र जिल्लामा आइपुगेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए ।
जिल्लाको जम्मा मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ मध्ये प्रदेश ९१० मा ३६ हजार सात सय ८३ र प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण