'सुखी नेपाली, समृद्ध नेपाल' मेरो प्रस्ताव हो : घनश्याम भुसाल
पूर्व एमाले नेता घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल'को एजेन्डा आफ्नो प्रस्तावमा ल्याइएको दावी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ’सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् ।
रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई सम्बृद्धिको दिशामा लैजान सक्ने दावी गरे । सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना सम्बृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौ कि गर्दैनौँ भनेर प्रश्न गर्न भुसालले आग्रह गरे ।
आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफूले कुराले मात्रै नभइ व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी रुपन्देही क्षे १ (१) का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमानदार भएको बताए । पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरू अग्रपङ्क्तिमा रहेर काम गर्ने उनले बताए ।
त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्ध बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण