रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन दलहरू एकमत
रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन स्थानीय दलहरू एकमत देखिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले उक्त उद्देश्यलाई पुरा गर्नका लागि एउटा अपिल समेत सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्र रुकुम पश्चिममा संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाको समग्र विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिका सहकार्य र एकता प्रतिविम्वित भएको बताए ।
साथै उनले रुकुमको समृद्धिलाई उचाइमा पुर्याउनका लागि दलहरुबीचको आपसी एकता र सहकार्यलाई अझै बलियो बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘त्यसका लागि समाजवादका केही यात्राहरू सुरुवात भएका छन् ।’ यहाँ बाम–लोकतान्त्रिक गठबन्धनबाट तीनै जना माओवादीबाट उम्मेदवार छन् । जसअनुसार प्रतिनिधि सभातर्फ सरकारका अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशसभा (क) तर्फ माओवादीकै महेन्द्र केसी र (ख)ं मा राजकुमार शर्मा उम्मेदवार छन् ।
समाजवाद निर्माणको नमुना जिल्ला बनाउने उद्देश्यलाई पुरा गर्नका लागि उम्मेदवारलाई भोट हालेर विजयी गराउन आग्रह समेत गरिएको छ । सो संयन्त्रमा दलका जिल्ला प्रमुखहरू, कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा रहने छन् भने राजनैतिक संयन्त्रले सञ्चालनको कार्यविधि बनाई लागू गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण