मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन दलहरू एकमत

शुक्रबार, १८ कात्तिक २०७९, १४ : ३०
शुक्रबार, १८ कात्तिक २०७९

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन स्थानीय दलहरू एकमत देखिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले उक्त उद्देश्यलाई पुरा गर्नका लागि एउटा अपिल समेत सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्र रुकुम पश्चिममा संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाको समग्र विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिका सहकार्य र एकता प्रतिविम्वित भएको बताए । 

साथै उनले रुकुमको समृद्धिलाई उचाइमा पुर्याउनका लागि दलहरुबीचको आपसी एकता र सहकार्यलाई अझै बलियो बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘त्यसका लागि समाजवादका केही यात्राहरू सुरुवात भएका छन् ।’ यहाँ बाम–लोकतान्त्रिक गठबन्धनबाट तीनै जना माओवादीबाट उम्मेदवार छन् । जसअनुसार प्रतिनिधि सभातर्फ सरकारका अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशसभा (क) तर्फ माओवादीकै महेन्द्र केसी र (ख)ं मा राजकुमार शर्मा उम्मेदवार छन् ।

समाजवाद निर्माणको नमुना जिल्ला बनाउने उद्देश्यलाई पुरा गर्नका लागि उम्मेदवारलाई भोट हालेर विजयी गराउन आग्रह समेत गरिएको छ ।  सो संयन्त्रमा दलका जिल्ला प्रमुखहरू, कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा रहने छन् भने राजनैतिक संयन्त्रले सञ्चालनको कार्यविधि बनाई लागू गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप