शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा ४३ हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

शुक्रबार, १८ कात्तिक २०७९, १७ : ५३
शुक्रबार, १८ कात्तिक २०७९

दक्षिण कोरियामा २४ घण्टा अर्थात् बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । 

 दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । 

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १४ ले बढेर ३०४ पुगेको छ । यस सङ्क्रमणको कारण थप ५३ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप