कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडा १५ प्रतिशतले वृद्धि
कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरूको भाडा दर १५ प्रतिशतले वृद्धि गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ गते बसेको बैठकले नेपाल सरकारको २०७९ असार २७ गते निर्धारण गरेको भाडा दर अनुसार जुम्ला, कालिकोट र सुर्खेतसम्मको नयाँ भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले बताएका हुन् ।
नेपाल सरकारले निर्धारण गरेको उक्त मितिको भाडा दरमा अहिलेको बजार मूल्यलाई आधार मान्दै १५ प्रतिशत बढाएर कायम गरिएको उनले जनाए । योसँगै जुम्ला–सुर्खेतसम्मको १ हजार २८३ रूपैयाँ भाडा दरमा १५ प्रतिशत बढाएर १ हजार ४७५ रूपैयाँ पुर्‍याइएको छ । मिनिबसरहाइसको १ हजार ५७० रूपैयाँलाई बढाएर १ हजार ८०५ रुपैयाँ कायम गरिएको महतले बताए । जिपको लागि १ हजार ८४५ रूपैयाँको भाडा बढाएर २ हजार १ सय २१ भाडा पुगेको उनको भनाइ छ ।
प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि ४ हजार भाडा लिने गरेको बसको भाडा दर ३ हजार २ सय २० कायम गरिएको छ । नागरिकहरूले अटोरिक्सा, जिप, हाइसरमिनिबस, बसलगायतका सवारी साधनहरूले आफूखुसी महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जन गुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण