शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असुसको ‘जेनबक फोल्ड’ र ‘जेनबकु प्रो १४ डुओ’ ल्यापटप नेपालमा

शनिबार, १९ कात्तिक २०७९, १२ : ०५
शनिबार, १९ कात्तिक २०७९

ताइवानी प्रवधि कम्पनी असुसले दुई वटा नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कम्पनीले दुई मोडलका ल्यापटप सार्वजनिक गरेको हो ।

जसमा फल्यागशिप जेनबुक फोल्ड र जेबुक प्रो १४ डुओ ओएलईडी रहेका छन् । कन्टेन्ट क्रियटर तथा सृजनशिल प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएका ल्यापटपको मूल्य ३ लाख ८८ हजार ८८८ रुपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ । 

क्रियटर, डडजाइनर, भ्लगर र आर्टिस्टहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यी ल्यापटपहरू सार्वजनिक गरिएको असुसले जनाएको छ । कार्यक्रममा असुस नेपालको कन्ट्री हेड लियोन यूले अग्रणी किसिमले नयाँ प्रविधि पस्कन कम्पनी तयार रहेको जानकारी दिए ।

‘सोहीअनुरूप क्रियटर समुदायका लागि पुनः विशेष सामाग्रीकारूपमा जेनबुक ल्याएका छौँ,’ उनले भने । यी ल्यापटपले अविश्वसनीय प्रदर्शन गर्ने र डिजाइन समेत उत्कृष्ट रहेको कम्पनीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप