सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बबईबाट ३४० बोरा अवैध चिनी बरामद

शनिबार, १९ कात्तिक २०७९, १३ : ४०
शनिबार, १९ कात्तिक २०७९

सुर्खेत प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ। बुधबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो । बबई चेक प्वाईन्टमा खटिएको ६ जनाको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो ।

उक्त ट्रकमा भ्याटबिल, अनलाइन बिल भएको र भन्सारको काजगपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो ।

प्रतिबोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय को नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप