ठगी मुद्दामा पक्राउ परेका सुकेशको आरोप : केजरीवालले मसँग ५० करोड रुपैयाँ लिए

ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्रशेखरले आम आदमी पार्टीका नेताहरूलाई आरोप लगाउँदै अर्को पत्र लेखेका छन् । यसपटक उनले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि मुछेका छन् । चन्द्रशेखरले आफ्ना वकिलहरूलाई पठाएको पत्रमा आफूले दिल्लीका उपराज्यपाललाई उजुरी गरेदेखि नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले तिहाड जेलका पूर्व डीजीमार्फत आफूलाई धम्की दिइरहेको आरोप लगाएका छन् ।
उनले केजरीवालबारे लेखेका छन्, ‘केजरीवाल जी, यदि तपाईंका अनुसार म सबैभन्दा ठूलो ठग हुँ भने तपाईंले मबाट ५० करोड लिएर मलाई राज्यसभाको सिटको प्रस्ताव किन दिनुभयो ? त्यसोभए तपाई यसबाट के बन्नु हुन्छ ? महाठग ?’
‘केजरीवाल जी, तपाईंले मलाई २०१६ मा सिट र पोस्टिङको बदलामा ५ सय करोड रुपैयाँ योगदान गर्न १० देखि ३० जना थप मानिसहरूलाई पार्टीमा किन ल्याउनु भन्नुभयो ? केजरीवालजी तपाईं २०१६ मा सत्येन्द्र जैनसँग मेरो डिनर पार्टीमा किन आउनुभयो ?
केजरीवालजी २०१७ मा सत्येन्द्र जैन तिहाड जेलमा मलाई भेट्न आउँदा उहाँसँग फोनमा किन कुरा गर्नुभयो । उनको फोनमा तपाईँको नाम एके–२ को रूपमा सुरक्षित थियो । उनको कालो आईफोनमा।’ सुकेश चन्द्रशेखरले लेखेका छन्, ‘केजरीवाल जी र सत्येन्द्र जैनको तिहाड प्रशासनबाट मलाई धम्की दिन बन्द गर्नुहोस् । म तपाईंको धम्कीदेखि डराएको छैन।’
सुकेश चन्द्रशेखर दिल्लीको मण्डोली जेलमा छन् । उनले यसअघि तिहाड जेलमा रहेका आम आदमी पार्टीका नेता सत्येन्द्र जैनलाई १० करोड रुपैयाँ सुरक्षा रकम दिएको दाबी गर्दै उपराज्यपाललाई पत्र लेखेका थिए। बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी