लालबाबु राउत भन्छन्, ‘काण्डहरूमा न्यायालयले हेर्छ, म कमेन्ट गर्न चाहन्नँ’
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट पर्सा १ ‘ख’को प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका लालबाबु राउतले नेकपा एमालेसँगको आफ्नो पार्टीको गठबन्धन विशेष परिस्थितिमा पार्टी बचाउनका लागि भएको बताएका छन् ।
आफूले पुनः मुख्यमन्त्री दोहोर्‍याउने वा नदोहोर्याउने सम्बन्धमा भने उनी खुल्न चाहेनन् । यो कुरा पार्टीको निर्णयमा निर्धारित रहने उनले बताए । यद्यपि, प्रदेशसभाका लागि उनको उम्मेदवारी मुख्यमन्त्रीकै लागि देखिन्छ । ‘तपाईंको मुख्यमन्त्री कार्यकालमा विभिन्न काण्ड आए, अख्तियारले नै छापा मार्‍यो, यस दृष्टिकोणबाट हेर्दा तपाईंंलाई किन दोहोर्‍याउने’ भन्ने प्रश्नमा उनले भने, ‘काण्डहरूका सम्बन्धमा न्यायालयले हेर्छ, हामीले सही समयमा सही निर्णय गरेका छौँ, त्यसमा म कमेन्ट गर्न चाहन्नँ । मै बन्नुपर्छ (मुख्यमन्त्री) भनेर भनेको छैन, पार्टीले निर्णय गर्ने कुरा हो ।’
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण