लिभरपुलको जितमा शालाहको दुई गोल
सोमबार, २१ कात्तिक २०७९, ०८ : ४७
मोहमद शालाहको दुई गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।
टोटेनहमको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन शालाह दुई गोल गरे । खेलको ११ औँ मिनेटमा शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
खेलको ७० औँ मिनेटमा टोटेनहमका ह्यारी केनले एक गोल फर्काए पनि टिमको हारलाई टार्न सकेनन् । जितसँगै लिभरपुलले १३ खेलमा १९ अङ्क जोडेर आठौँ स्थानमा छ । यता टोटेनहम २६ अङ्क जोडेर चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण