शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको जितमा शालाहको दुई गोल

सोमबार, २१ कात्तिक २०७९, ०८ : ४७
सोमबार, २१ कात्तिक २०७९

मोहमद शालाहको दुई गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।

टोटेनहमको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन शालाह दुई गोल  गरे । खेलको ११ औँ मिनेटमा शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको ७० औँ मिनेटमा टोटेनहमका ह्यारी केनले एक गोल फर्काए पनि टिमको हारलाई टार्न सकेनन् । जितसँगै लिभरपुलले १३ खेलमा १९ अङ्क जोडेर आठौँ स्थानमा छ । यता टोटेनहम २६ अङ्क जोडेर चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप