१८ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैँक
सोमबार, २१ कात्तिक २०७९, १२ : ३८
नेपाल राष्ट्र बैँकले सोमबार १८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैँकले २८ दिने, ९१ दिने र १८२ दिनेगरी तीन किसिममा कुल १८ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सूचना अनुसार २८ दिनका लागि बैँकले ५ अर्ब रूपैयाँ छुट्याएको छ भने ९१ दिनका लागि ७ अर्ब १० करोड रूपैयाँ र १८२ दिनका लागि ६ अर्ब रूपैयाँ छुट्याएको छ ।
आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिल भोलि मंगलबार अर्थात् कात्तिक २२ गते जारी हुनेछ । यसअघि बैँकले गत कात्तिक १४ गते तीन किसिममा १६ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण