आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने कम्पनीको भनाइ छ ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने पनि कम्पनीले जनाएको छ । फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र रू. एक लाख उनान्सय हजार हो ।
बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण