विष्णु पौडेललाई वामदेव नेतृत्वको एकता अभियानको समर्थन
वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही–२ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले समर्थन गर्ने निर्णय भएको बताए ।
पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति भएको उनको भनाइ छ ।
नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही–२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे । वामदेव गौतमको अभियान अहिले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छैन । रुपन्देही–२ मा एमालेका उम्मेदवार पौडेल र सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टी केशव थापाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण