समाचार संकलनको क्रममा रातोपाटीकर्मीमाथि दुर्व्यवहार गरेको घटनाप्रति महासंघद्वारा भर्त्सना
जीतपुरसिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले आइतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयमा समाचार लेखेको भन्दै केही एमाले कार्यकर्ता तथा आन्दोलनकारीले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनामा पत्रकार महासंघ बाराले घोर भर्त्सना गरेको छ ।
आइतबार जीतपुरसिमरा वडा नं ७ का वडाध्यक्ष गुप्ताले आस्रन निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बारा ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । सो विषयलाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई करिब १ घन्टा नियन्त्रणमा लिएर अव तालाबन्दी नगर्ने सर्तमा माफी मगाएर छोडेको थियो । सोही विषयलाई लिएर लेखिएको समाचारमा एमालेका केही कार्यकर्ता तथा महिला आन्दोलनकारीले सञ्चारकर्मी शारदा पोखरेललाई समाचार किन लेखेको भन्दै मोबाइल खोसेर समाचार सामग्री हटाउनुका साथै गालीगलौजसहित दुर्व्यवहार गरेका थिए । सोही घटनालाई लिएर पत्रकार महासंघले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै रातोपाटी संवाददाता शारदा पोखरेलमाथि समाचार लेखेकै भरमा अभद्र व्यवहार गरिनु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप र निन्दनीय कार्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । ‘स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न पाउने हकको हनन् गर्दै पत्रकार पोखरेलमाथि केही व्यक्तिले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ बारा शाखा खेद व्यक्त गर्दछ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण