आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई महिना अगाडिदेखि मेरो हत्याको षडयन्त्र भइरहेको थियो  : इमरान खान

मङ्गलबार, २२ कात्तिक २०७९, १० : १३
मङ्गलबार, २२ कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक याृलीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।

पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’ आफूविरुद्धको हत्याको सम्पूर्ण षडयन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी गरे ।  

आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ ।  मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप