दुर्व्यवहारबारे खतिवडा : एमालेले जाँड खुवाएर मान्छे पठायो
मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्तालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् । मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरेका हुन् ।
‘हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत्रुक कुराहरूले फरक पर्दैन ।’ खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उद्दण्डताका विरुद्ध सधैँ लड्न तयार रहेको उनले बताए ।
मनहरी ४ मा मंगलबार खतिवडामाथि हातपात भएको भन्दै समाचार प्रकाशित भएको थियो । मनहरीका गठबन्धन दलले भने खतिवडामाथि हातपात भएको समाचारमा कुनै सत्यता नभएको जनाएका छन् । मदिरा सेवन गरी आएका व्यक्ति खतिवडाको नजिकै पुग्दा आफै लडेको बताउँदै उनको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको दलहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
