हंगेरीयन नृत्यमा रमाए काठमाडौँबासी
काठमाडौँबासीलाई हंगेरीकी गीत तथा नृत्यमा रमाउने अवसर मिलेको छ । मंगलबार साँझ पर्यटन बाेर्ड भृकुटीमण्डपमा आयोजित ‘नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम’ मा सो अवसर मिलेको हो ।
नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजना रहेको कार्यक्रममा नेपाल तथा हंगेरीका कलाकारले दुवै स्थानमा विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । ‘अन्तर्देशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिनेता तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्ल, तथा हंगेरी कन्सुलर जनरल तथा उद्योगपति अरुण कुमार चौधरी, हंगेरी राजदूतावासबाट मरियन यार्दो, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्ल, उद्योगपति अरुण कुमार चौधरी लगायतले सांस्कृतिक आदान प्रदानको यो कार्यक्रमले दुवै देशलाई सांस्कृतिक मात्र नभएर भावात्मक रुपमा समेत जोड्ने बताए ।
नेपालमा सांस्कृतिक कार्यक्रम मार्फत आफ्ना कला देखाउन पाउँदा खुसी लागेको हंगेरियन कलाकारले बताएका थिए । करिब डेढ घण्टा चलेको कार्यक्रममा हंगेरियन कलाकारले बाजागाजा सहित केही गीत तथा नृत्य देखाएका थिए, भने नेपालको तर्फबाट नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण