बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेरिल्याण्ड राज्य विधानसभा सदस्यमा ह्यारी भण्डारी पुन: विजयी

बुधबार, २३ कात्तिक २०७९, ११ : ०६
बुधबार, २३ कात्तिक २०७९

अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्य (विधानसभा)को दोस्रो कार्यकालका लागि  डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मूलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो पटक पनि विजयी भएका हुन् ।

उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाँकी  रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् ।

यद्यपि संघीय रुपमा भने  आधिकारिक घोषणा पछि हुनेछ । अघिल्लो कार्यकालमा  गरेको कामको  मूल्यांकन गर्दै मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास गरेको उनको भनाइ  छ। यस पटक कडा प्रतिस्पर्धा रहेको भए पनि डा भण्डारीले उनका प्रतिद्वन्द्वीलाई हराई थप ४ वर्ष जनता गर्ने मौका पाएका छन् । 

उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका थिए । डा ह्यारीविरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।

डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् । उनले चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा ९हाउस अफ एसेम्बेली०सदस्यको रूपमा १४ विधेयकलाई कानुन बनाउन सफलता हासिल गरेका थिए ।

दशैँलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशैँ विधेयक सदनमा प्रस्तुत गरेको र तल्लो सदनमा ऐतिहासिक दुईदलीय ९बाइपार्टिसन० मतका साथ पारित गराएका थिए ।

मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे विधेयक ९एक्ट०प्रस्तुत गरेका थिए । साथै उक्त क्षेत्रमा ५० बर्षको ईतिहासमा ३ वटा नयाँ विद्यालय निर्माण गराउन भूमिका निर्वाह गरेका छन् ।

कोभिड कहरको बेला नेपालमा औषधी र स्वास्थ्य सामग्री पठाउनेदेखि हजारौँ नेपालीलाई बेरोजगार भत्ताका लागि उनले मार्गप्रशस्त गरिदिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप