भूकम्प प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माधव नेपालको आग्रह
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको खबरले आफु र आफ्नो पार्टी स्तब्ध भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त घटनामा परेर मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले भूकम्पबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्दै त्यसका लागि सहयोग गर्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।
मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको दिपायल केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युट र २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो । भूकम्पले सुदूरपश्चिमका डोटी लगायतका जिल्लामा क्षति पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण