जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो ।
यारीका लागि गएको बा१८च १४१७ नंको बोलेर जिप आज ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा रहेका छन् । चालक लामा सामान्य घाइते भएका छन् । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई हेलिकोप्टरबाट सदरमुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण