इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ ।
सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रूसबीचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान गरे ।
इरानी अधिकारीले आतङ्कवाद र चरमपन्थीले क्षेत्रीय एवम् विश्वशान्ति– सुरक्षालाई जोखिममा पारेकाले तिनलाई निर्मूल गर्न सघन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तर रूपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए भने रूसीले अधिकारीले रुस र इरानबीच विभिन्न क्षेत्रमा भएका पारस्परिक सहयोगले गति लिएकामा त्यसको प्रशंसा गर्दै दुवै देशका राष्ट्रपतिले द्विपक्षीय वार्ताका साथै सम्बन्ध सुधारलाई उच्च प्राथमिकतामा राखेका नूर न्यूजमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण