मौलिक जरोकिलो पार्टीका उम्मेदवारले शंकरलाई सघाउने
बिहीबार, २४ कात्तिक २०७९, १६ : ०१
मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने निष्कर्षसहित मौलिक जरो किलो पार्टीको साधारण सदस्य समेत परित्याग गर्दै एमाले गरेको घोषणा गरेका हुन् ।
‘मैले मिति २०७९ असोज २३ गते निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’, साथै उनले एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण