शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

परिजितालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत नेपाली समुदायसँग मत माग्दै

शुक्रबार, २५ कात्तिक २०७९, ०७ : ११
शुक्रबार, २५ कात्तिक २०७९

अमेरिकी द भ्वाइसकी प्रतिस्पर्धी १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन् । द भ्वाइसको २२ औ संस्करणको १६ औं स्थानमा पुगेकी बास्तोलालाई जिताउन सबै लाग्नु पर्ने महतले बताउँदै आएका छन् । 

महतले बाल्टिमोर स्थित आफ्नै चमेना गृह नेपाल हाउसमा परिजितालाई निमन्त्रणा गरि शुभकामना पनि  दिएका छन् । उनले अग्रिम बधाई दिदै नेपाली समूदायको साथले बास्तोलाले सफलता पाउने विश्वास व्यक्त गरे । 

उनले भने नेपाली छोरीले विश्वमा तहल्का मच्चाएको हेर्न हामी आतुर छौँ, त्यसैले उनलाई एक मत दिन बन्जुस्याइ नगरौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप